काठमाडौं, असोज २८ (ई-रैवार)
न्याय परिषदले ८४ जना न्यायाधीशलाई सरुवा सिफारिस गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले ८४ जना न्यायाधीशलाई उच्च अदालतको न्यायधीश पदमा सरुवा सिफारिस गरेको हो ।
बैठकले उच्च अदालत जनकपुरको राजविराज इजलासबाट उच्च अदालत जनकपुरमा सरुवा सिफारिस गरेको छ भने उच्च अदालत पाटनका न्यायाधीश तेजबहादुर कार्कीलाई उच्च अदालत दिपायल, महेन्द्रनगर इजलासमा सरुवा गरेको छ ।
त्यस्तै उच्च अदालत सुर्खेतमा कार्यरत न्यायाधीश विनोद शर्मालाई उच्च अदालत पाटनमा सरुवा सिफारिस गरिएको छ ।
को-कहाँ सरुवा भए ?









