सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना पुष्टि

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ५० जनामा कोरोना पुष्टि
Spread the love

धनगढी, असोज २६ (ई-रैवार)

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ९७ जनाको नमुना परीक्षण गर्दा  १३ महिला ३७ पुरुष गरी ५० जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ का ६/६ जना, वडा नम्बर १ का ५ जना, वडा नम्बर २ का ५ जना र वडा नम्बर ८ का ३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

सूचना अधिकारी श्रेष्ठले ३, ७, १२ र १३ का १/१ जना र ठेगाना नखुलेका एक जनामा पनि संक्रमण पुष्टि भएको बताए ।

कैलालीकै गौरीगंगा नगरपालिकाका ४ जना, कैलारी गाउँपालिका–२ का १ जना, गोदावरी नगरपालिकाका १ जना र लम्किचुहा नगरपालिकाका १ जनामा समेत कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।

यसैगरी कञ्चनपुरको महाकाली नगरपालिकाका ४ जना, पुर्नरवास नगरपालिका र बेल्डाँडी गाउँपालिका–१ का २/२ जना, त्यस्तै बेदकोद नगरपालिका, बेलौरी नगरपालिका र भीमदत्त नगरपालिकाका १/१ जनामा भाइरसको संक्रमण देखिएको छ ।  दार्चुलाका २ जनामा पनि कोरोना पुष्टि भएको बताइएको छ।