धनगढी, २५ असोज ।
धनगढीमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर -३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो।
सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले उनको (आइतबार)आज बिहान २:२५ मिनेटमा मृत्यु भएको जानकारी दिएका छन । असोज २० गते कोरोना पुष्टि भएका उनलाई २३ गते मात्र सेती प्रादेशीक अस्पताल भर्ना गरिएको थियो ।
उनलाई शनिबार राती श्वासप्रस्वासमा समस्या देखीएपछी अक्सीजनमा राखीएको थियो । उनको उपचारकै क्रममै आज बिहान मृत्यु भएको श्रेष्ठले बताए ।
यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ।


