धनगढीमा शनिबार विद्युत सेवा बन्द हुने

धनगढीमा शनिबार विद्युत सेवा बन्द हुने
Spread the love

धनगढी, असोज २३ (ई-रैवार) 

धनगढीमा भोली शनिबार बिधुत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रबाट सप्लाई हुने सम्पूर्ण क्षेत्रमा बिहान देखि लाईन बन्द हुने भएको हो।

नेपाल बिद्युत प्राधिकरण सूचना जारी गर्दै धनगढी वितरण केन्द्रबाट सप्लाई हुने सम्पूर्ण क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो १२ बजे सम्म चार घण्टा विद्युत सेवा बन्द हुने भएको हो।

धनगढी वितरण केन्द्रले अत्तरिया सब–स्टेशनदेखि धनगढी सब–स्टेशन सम्म प्रशारण भएको ३३ केभी लाईनमा बुस कटिङ गरिने भएकाले विद्युत सेवा बन्द हुने जनाएको छ ।