धनगढी, असोज १४ (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज एकैदिन १ सय ९६ जना कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ४ वटा प्रयोगशालामा बुधबार भएको परीक्षणमा १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रलायका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार बुधबार सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ३ सय ६१ जनाको स्वाव परीक्षण गर्दा १ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नम्वर १ का २६ जना, वडा नम्वर २ का २२ जना, वडा नम्वर ३ का ९ जना, वडा नम्वर ४ का १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वडा नम्वर ५ का ४ जना, वडा नम्वर ६ का २ जना, वडा नम्वर ७ का ४ जना, वडा नम्वर ८ का ७ जना, वडा नम्वर ११, १२, १३ र १८ का १–१ जना र वडा नम्वर १९ का २ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै कैलालीको गोदावरीका १८ जना, भजनीका १६जना, गौरीगंगाका १४ जना, घोडाघोडीका ९ जना, टीकापुरका ३ जना, लम्कीका २ जना र स्थानीय तह नखुलेका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै कञ्चनपुरका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । भीमदत्त नगरपालिकाका ११ जना, बेदकोटका ४ जना, पुनरवासका ३ जना, कृष्णपुरका २ जना र शुक्लाफाँटाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बझाङको जयपृथ्वी, खप्तड छान्ना र बिथ्तडचिरका १–१ जना, अछामको मेल्लेख, डडेल्धुराको परशुराम र बैतडीको पञ्चेश्वरका पनि १–१ जनामा संक्रमण पुष्टि भएको छ। १ जना भने बर्दीया मधुवनका हुन् ।
यसैगरी बझाङमा बुधबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल बझाङमा गएिको १ सय २७ जनाको स्वाव परिक्षणमा १ नयाँ संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताएका छन ।
डोटी जिल्ला अस्पतालमा गरिएको परिक्षणमा डोटीका ७ सहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा डोटी जिल्ला अस्पतालमा प्रयोगशालामा गरिएको ५६ जनाको स्वाव परिक्षणमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका ल्याब इन्चार्ज शौरभ श्रेष्ठले बताए ।
इन्चार्ज श्रेष्ठका अनुसार बुधबार कोरोना संक्रमण पुष्टि हुनेमा दिपायल सिलगढी नगरपालिकाका ३ जना, केआई सिंह गाउँपालिकाका १ जना, बोगटान गाउँपालिकाका २ जना र शिखर नगरपालिकाका १ जना र अछामको बान्निगढीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा ३९ जनाको स्वाव परिक्षण गर्दा २ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रयोशाला इन्चार्ज जिनी गणेजुले बताए ।
प्रयोशाला इन्चार्ज गणेजुका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा डडेल्धुराकै नवदुर्गा गाउँपालिकाका २ जना रहेका छन् ।
यो संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५ सय नाघेको छ भने ६ हजार १ सय बढिले कोरोना जितेका छन्। सुदूरपश्चिम प्रदेशमा २१ जना संक्रमितको मृत्यु भएको छ।



