कोरोनाको संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४ सय ९८ पुग्यो

कोरोनाको संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ४ सय ९८ पुग्यो
Spread the love

काठमाडौं, असोज १४ (ई-रैवार)

कोरोना भाइरसको संक्रमणबाट आज  थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६० वर्षीय महिला, सप्तरीका ३९ वर्षीय पुरुष, काठमाडौंका ३४ वर्षीया महिला, काठमाडौंका ८६ वर्षीय महिला, काठमाडौंका ५४ वर्षीय पुरुष र रुपन्देहीका ८२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको  हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार देशभर हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ९८ पुगेको छ ।

मंगलबार कोरोना संक्रमणबाट १० जना र सोमबार देशभर कोरोना संक्रमणबाट चारजनाको मृत्यु भएको थियो । आइतबार कोरोना संक्रमणबाट १० जना र शनिबार ८ जनाको मृत्यु भएको थियो ।