धनगढी, असोज १३ (ई-रैवार)
गौरीगंगा नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेको छ । कैलालीको गौरीगंगा नगरपालिकाका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द गरेको हो ।
मंगलबार विज्ञिप्त जारी गर्दै नगरपालिकाले आजकै मितीबाट असोज २० गतेसम्मका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको जनाएको छ।
गौरीगंगा नगरपालिका नगरप्रमुख भिमबहादुर देउवाले यहि असोज १४ गतेदेखी २० गते सम्मका लागि नगरपालिका अत्यावश्यक बाहेकका सेवाहरु बन्द रहने जानकारी दिए ।
नगरप्रमुख देउवालेले समुदायमा कोरोनाको जोखीम बढ्दै गएको हुदा केही दिनका लागि नगरपालिकाका अत्यावश्यक बाहेकका सम्पुर्ण सेवाहरु बन्द रहने बताए । नगरपालिकामा रहेका अन्य कर्मचारीको पनि कोरोना परिक्षणलागि स्वाव संकलन गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
साथै समुदाय स्तरमा कोरोनाको जोखिम कायमै रहेको भन्दै सरकारद्वारा जारी गरिएका स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गरेर दैनिक क्रियाकलाप गर्न समेत नगरप्रमुख देउवाले आग्रह गरेका छन्।



