आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्दै, ओली–प्रचण्डबीच छलफल

आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बस्दै, ओली–प्रचण्डबीच छलफल
Spread the love

काठमाडौं,असोज ११ (ई–रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा संघीय सरकारको मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आइतबार मध्यान्ह १२ बजे सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

मध्यान्ह बस्न गइरहेको बैठकका लागि शनिबार रातिनै मन्त्रीहरुलाई खबर गरिएको बताइएको छ । बैठकमा मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने बालुवाटार निटक स्रोतले जनाएको छ । सामान्यतया मन्त्रिपरिषद्को बैठक सोमबार र बिहीबार गरी सातामा दुई दिन बस्दै आएको छ ।

मन्त्रिपरिषद् बैठकअघि बालुवाटारमा ओली–प्रचण्डबीच छलफल

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ ।

मन्त्रिपरिषद्‌ पुनर्गठन गर्ने बताएका प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो । दुबै नेताबीच आइतबार बिहान ९ बजेदेखि छलफल भएको थियो । दुबै नेताबीच मन्त्रीहरुको नाम टुग्याउने विषयमा छलफल भइरहेको स्रोतले बताएको छ ।