नेकपाको सचिवालय बैठक आइतबार बस्ने

नेकपाको सचिवालय बैठक आइतबार बस्ने
Spread the love

काठमाडौं, आश्विन २ (ई-रैवार)

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारका लागि सारिएको छ । शुक्रबारका लागि बोलाइएको सचिवालय बैठक आइतबार बिहान ११ बजे बस्ने गरी सारिएको नेकपाका प्रबक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक तत्कालीन माओवादीको पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने तयारी गरेको छ। यस अघि सचिवालय र स्थायी कमिटिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै आएको थियो।