नेपालमा थप १ हजार ४ सय ५९ कोरोना पुष्टि, १ हजार ६२ जना डिस्चार्ज

नेपालमा थप १ हजार ४ सय ५९ कोरोना पुष्टि, १ हजार ६२ जना डिस्चार्ज
Spread the love

काठमाडौं,  भदौ ३० (ई-रैवार)

नेपालमा थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार मंगलबार देशका विभिन्न जिल्लाका १ हजार २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६ सय ७६ कोरोना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ५ सय५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जना छन् ।

यस्तै सिराहाका १ सय ६२ जना, मोरङका १ सय ११, मकवानपुरका ८७, चितवनका ३७, बाँकेका २७, रौतहट र दाङका २६/२६ जना, सप्तरीका २४, सुर्खेतका २३, नवलपुरका २१, सुनसरीका १७, पाल्पाका १६, स्याङ्जाका १४, कैलाली र डोटीका ११/११ जना तथा महोत्तरी र तनहुँ ९/९ जनामा संक्रमण पुष्टि भएको छ ।

काभ्रे, कञ्चनपुर र बैतडीका ८/८ जना, कास्कीका ७ जना, झापा र धनुषाका ६/६ जना, दोलखा र गोरखाका ५/५ जना, सर्लाही, धादिङ र लमजुङका ४/४ जना, बारा, अर्घाखाँची, गुल्मी, नवलपरासी र दार्चुलाका ३/३ जना, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, दैलेख, सल्यान र बझाङका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, पाँचथर, भोजपुर, संखुवासभा, पर्सा, मनाङ र बर्दियाका १/१ जनामा पनि संक्रमण देखिएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३ सय ७५ नमुना परीक्षण गर्दा ४ सय  ४६ पहिला र १ हजार १३ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ४० हजार ६ सय  ३८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७१ दशमलव ०५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार ३ सय  ७५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ८ लाख ६१ हजार ७  सय ८० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार १ सय  ३९ जना र होम आइसोलेसनमा ७ हजार ६ सय  ४० जना रहेका छन् । आजसम्म देशभर ७ हजार २ सय ५० जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर २८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १ सय ७४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । बागमती प्रदेशमा १ सय  २३ जना छन् ।