लुकिछिपि नेपालबाट भारततर्फ लैजादै गरेको गुट्खा र चुरोट बरामद

लुकिछिपि नेपालबाट भारततर्फ लैजादै गरेको गुट्खा र चुरोट बरामद
Spread the love

कञ्चनपुर जेठ २(ईरैवार)
लुकिछिपि कञ्चनपुरको पुनर्वासबाट भारततर्फ लैजादै गरेको गुट्खा र चुरोट सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी गोबिन्द बजारले शुक्रबार बिहान एकसय ३० पोका मेघाश्री र १० डण्डा खुकुरी चुरोट बरामद गरेको हो ।

बिओपी गोबिन्द बजारका सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टका अनुसार लुकुछिपी भारततर्फ टाँकोमा सामान बोकेर जानेक्रममा सशस्त्र प्रहरीले देखेपछी बोकिहिड्ने ब्यक्ती सामान छाडेर भागेका थिए ।

‘यहाँबाट फटिया र बैशाखी नाकाबाट सामान जान्छ भन्ने छ,’ प्रहरी निरीक्षक विष्टले भने,’त्यसैले सीमा क्षेत्रमा हुने अबैध आयत निर्यातलाई नियन्त्रण गर्न गणबाट थप टोली मगाएका छौं ।’  बरामद भएको सामान भन्सार चलान गरिने बिओपी गोबिन्द बजारले जनाएको छ ।