मिडिया नेपालको कोषाध्यक्षमा जोशी

मिडिया नेपालको कोषाध्यक्षमा जोशी
Spread the love

पोखरा फागुन ५(ई-रैवार)
राप्रपा निकट मिडिया नेपालको कोषाध्यक्षमा संचारकर्मी राधिका जोशी मनोनित भएकि छिन् ।
मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा पोखरामा सम्पन्न केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले जोशीलाई कोषध्यक्षमा मनोयन गरेको हो ।
मिडिया नेपालको स्थापना कालदेखी केन्द्रीय सदस्यमा रहेर काम गर्दै आएकी जोशीको पत्रकारीता प्रतिको इमानदारीता, लगाव र कार्य दक्षताका आधारमा कोषध्यक्षमा मनोयन गरिएको मिडिया नेपालले जनाएको छ ।
निरन्तर पत्रकारीतामा कलम चाल्दै आएकी जोशीले मिडिया नेपाल मार्फत पत्रकारका हक हितका लागि लड्ने बताएकी छिन् । मिडिया नेपलाले २५ वर्ष निरन्तर पत्रकारिता क्षेत्रमा खटिरहेका श्रमजीवि पत्रकाहरुलाई पेन्सनको व्यवस्था गर्न पनि मिडिया नेपालले माग गर्दै आएको छ ।