बैतडी : बैतडीमा एक युवकको शव फेला परेको छ। बैतडीको पाटन नगरपालिका– ६ हिरापुर नजिक सडकभन्दा करिब ५० मिटर तल करिब २६ वर्षीय युवकको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले ती युवकको शव सडेको अवस्थामा फेला परेको र शवको केही भाग स्यालले खाएको अवस्था रहेको बताए।
मृतकको शवसँगै दशरथचन्द नगरपालिका–१ ठेगाना भई सुरत भुल नामको नागरिकता फेला परेको छ। शव पहिचान हुन नसकेकाले नागरिकता मृतककै हो कि अरुको हो भन्ने यकिन भएको छैन।


