राप्रपा अध्यक्ष लिङ्देनले गरे केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनित

Spread the love

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्य समिति बिस्तार गरेका छन । राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको विधान अनुसार केन्द्रीय कार्य समिति सदस्यमा ३१ जना सदस्य मनोनीत गरेका हुन् ।

मनोनित केन्द्रीय सदस्यमा दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बा रहेका छन् ।

त्यसैगरी रामप्रपात साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र वम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट, नवीक शाही रहेका छन् ।

राप्रपाको विधानअनुसार केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय हुनेछ । जसमा मंसिरको दोस्रो साता भएको महाधिवेशनले १ सय ४९ सदस्य निर्वाचित गरेको थियो । ३१ सदस्यको मनोनयनपछि राप्रपाको केन्द्रीय कार्यसमिति १ सय ८० सदस्यीय भएको छ ।

तर‚ कमल थापा पक्ष भने यो मनोनयनबाट असन्तुष्ट देखिएको छ । थापा निकट रहेका केन्द्रीय सदस्य राजाराम बर्तौलाले यसअघि महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू नसमेटेको र भौगोलिक, जातीय रुपमा पनि मनोनयन सन्तुलित नभएको बताएका छन् ।