धनगढी साउन ७(ई–रैवार): धनगढीमा सुविधासम्पन्न सिनेमा हल सञ्चालनमा आएको छ। २० करोड रुपैयाँ लगानीमा मोफसलमा बनेको यो पहिलो हल भएको दाबी लगानीकर्ताले गरेका छन्। एक वर्षदेखि निर्माणका क्रममा रहेको एसटीएस सिनेमा हल नयाँ प्रविधि र एसी सेवासहित सञ्चालनमा ल्याइएको हो।
वातावरण अनुकूलित हलमा थ्रीडी प्रविधिबाट सिनेमा देखाइने एसटीएस सिनेमाका प्रबन्ध निर्देशक राजकुमार श्रेष्ठले बताए। सिनेमा हलमा डिजिटल प्रविधिका प्रोजेक्टर, स्टिल मनिटर, चिया तथा कोक स्ट्यान्डसहितका कुर्सी, भीआईपी तथा डिलक्स कुर्सी राखिएका छन्।
‘टिकट शुल्क पाँच सय र तीन सय रुपैयाँ राखिएको छ’, व्यवस्थापक अभय सिंहले भने, ‘अब सुदूरपश्चिमका फिल्मपारखीले पनि नेपालकै दोस्रो ठूलो पर्दामा सिनेमा हेर्न पाउने भएका छन्।’
धनगढीमा सुविधासम्पन्न सिनेमा हल


