बोल्ड सिन लिक भएपछि तनाव

बोल्ड सिन लिक भएपछि तनाव
Spread the love

मुम्बई : सेक्रेड गेम्स र अन्धाधुनजस्ता फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री राधिका आप्टे अहिले हलिवुड फिल्मका कारण चर्चामा छिन्। राधिका ‘द वेडिङ गेस्ट’ नामक हलिवुड फिल्ममा देव पटेलसँग काम गर्दैछिन्। केही समयअघि यो फिल्मको एउटा बोल्ड सिन लिक भएको थियो। यो सिन सोसल मिडियामा भाइरल भयो।
यो बोल्ड सिन लिक भएपछि राधिकाले आफ्नो रिस इन्टरटेनमेन्ट वेबसाइटमार्फत सार्वजनिक गरेकी छन्। ‘फिल्म वेडिङ गेस्टमा धेरै राम्रा दृश्य थिए तर यो अन्तरंग दृश्य मात्रै लिक हुनुको पछाडि ठूलो कारण छ’, उनले भनिन्, ‘जुन दृश्य लिक भयो यसमा म र देव पटेल दुवै छौं तर मेरो मात्रै नाम जोडेर भाइरल बनाइँदै छ।’