किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जना पक्राउ
Spread the love

धनगढी, भदौ २४ (ई-रैवार) 

धनगढीमा २१ बर्षिय किशोरीलाई बलात्कार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार उपमहानगरपालिका वडा नम्बर ४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा किशोरीमाथि बलात्कार भएको उजुरी आएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले होटेल सञ्चालक समेत रहेका कञ्चनपुर भिमदत नगरपालिका ९ का सन्जु पाल सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । किशोरीलाई होटेल सञ्चालकले बोलाएर ४ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

किशोरी बलात्कार आरोपमा डडेल्धुरा अमरगढी नगरपालिका वडा नम्बर १ का २० बर्षिय हेमन्त दियाल, नवदुर्गा गाउँपालिका वडा नम्बर २ का २४ को दीपक भट्ट र अजयमेरु गाउँपालिका वडा नम्बर १ का २१ बर्षिय टङ्क धामी लाई पक्राउ गरेको हो ।

उनीहरु चारै जनामाथि जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिएका छन ।