डडेल्धुरा, भदौ २४ (ई-रैवार
डडेल्धुरा अस्पतालको प्रयोगशालामा थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालका अनुसार पछिल्लो २४ घण्टामा १ सय २७ जनाको कोरोना परीक्षण गर्दा दार्चुला र बझाङका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका इन्चार्ज ईश्वरी साद भुसालका अनुसार बझाङको दुर्गाथली गाउँपालिकाका १ जना, छब्बिस पाथाभारी गाउँपालिकाका १ जना, दार्चुलाको ब्यास गाउँपालिकाका १ जना र महाकाली नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।


