काठमाडौँ, भदौ २४ (ई-रैवार)
नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्रा बिक्री विनिमयदर सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको खरिदमूल्य १ सय ३८ रुपैयाँ २० पैसा र बिक्रीमूल्य १ सय ३८ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिददर ३१ रुपैयाँ १२ पैसा र बिक्रीदर ३१ रुपैयाँ २८ पैसा तोकिएको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ १३ पैसा र बिक्रीदर २८ रुपयाँ २७ पैसा तोकिएको छ भने कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३ सय ८३ रुपैयाँ ७३ पैसा रहेको छ ।
विस्तृतमा हेर्नुहोस्



