काठमाडौं, भदौ १८ (ई-रैवार)
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुष गरी थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार मृत्यु हुनेमा चितवनका ४० वर्षीया, भक्तपुरका ४० वर्षीया, रुपन्देहीका ७७ वर्षीया, तनहुँका ९२ वर्षीया महिलाहरु रहेका छन् ।
त्यसैगरी सिन्धुपाल्चोक ७७ वर्षीया र रुपन्देहीका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट २ सय ५७ जनाको मृत्यु भएको छ ।


