राहत बोकेर मुख्यमन्त्री भट्ट सहितको टोली अछाम र बाजुरामा

राहत बोकेर मुख्यमन्त्री भट्ट सहितको टोली अछाम र बाजुरामा
Spread the love

 

धनगढी, भदौ १८ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहितको टोली अछाम र बाजुरा पुगेका छन् । धनगढीबाट बाढी पहिरो पिडीतकालागि रहात बोकेर मुख्यमन्त्री भट्टको टोली अछाम र बाजुरातर्फ गएको हो ।

मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, प्रमुख सचिवसहितको टोली नेपालीसेनाको हेलिकप्टरमार्फत अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ सैनी बजार र बाजुरा गौमुल लगायतका ठाउँका बाढी प्रभावित परिवारहरुका लागि राहत सामग्री लिएर गएका हुन् ।

मुख्यमन्त्री भट्टका प्रमुख स्वकीय सचिव शिब ओलीका अनुसार मुख्यमन्त्री सहितको टोली बाढीले घर बगाएका परिवारहरुका लागि त्रिपाल र कम्बल जस्ता आवश्यकीय सामाग्रीका साथै टोलीले मृतक परिवारलाई घोषणा गरेको १ लाख रुपैयाँ राहत पनि हस्तान्तरण गर्ने गएको छ ।

भदौ ३ गते राति अछामको कैलाश खोलामा आएको बाढीले किनारमा रहेको सैनीबजारका १७ घर बगाएको थियो । घटनापरि ८ जनाले ज्यान गुमाएका थिए भने ९ जना अझै बेपत्ता छन् ।

यसैगरी साउन अन्तिम साता र भदौ ३ गते बाजुराको गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका लगायतका ठाउँमा ठुलो क्षति पु¥याएको थियो ।