कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २ सय २८ पुग्यो

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या २ सय २८ पुग्यो
Spread the love

 

काठमाडौं, भदौ १५ (ई-रैवार) 

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा १ बालिका, २ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको बताएका छन ।

प्रवक्ता गौतमका अनुसार मृत्यु हुने महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया र रुपन्देहीकी ६८ वर्षीया महिला, झापामा ८६ वर्षीय, रौतहटमा ४० वर्षीय, चितवनमा ७८ वर्षीय र भक्तपुरमा ७७ पुरुषको मृत्यु भएको जानकारी दिएका हुन ।

यो सँगै हालसम्म देशभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।