काठमाडौं, भदौ १५ (ई-रैवार)
नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप आठ सय ९९ थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार ८ सय ९९ जना संक्रमित थपिएको जानकारी दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङका क्रममा ८ सय ९९ संक्रमित थपिएका जानकारी दिएका छन । थप हुनेमा ३ सय ३ महिला र ५ सय पुरुष रहेका छन् । यो सँगै देशभर कोरोना संक्रमितको संख्या ३९ हजार ४ सय ६० सय ६१ पुगेको छ ।
उनकाअनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ५ सय ८८ जना डिस्चार्ज भएका छन् । प्रवक्ता गौतमले सोमबारसम्म देशभर २१ हजार ४ सय १० जना डिस्चार्ज भएको जानकारी दिएका छन ।


