भक्तपुरमा मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना पुष्टि

भक्तपुरमा मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना पुष्टि
Spread the love

 

काठमाडौं, १२ भदौ (ई-रैवार)

भक्तपुरमा ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो।

नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरकी प्रमुख प्रशासक मञ्जु तिमल्सिनाले बिहीबार दिउँसो ती महिलालाई अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको र पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको बताइन् ।

मृतक महिलाको हेल्थ हिस्ट्री सोध्दा कोरोनाको लक्षण देखिएकाले पीसीआर परीक्षण गराएको र बिहीबार राति नै संक्रमण पुष्टि भएको प्रमुख प्रशासक तिमल्सिनाले बताइन् । मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी भएको अस्पताल प्रशासनले जनाएको छ ।