धनगढी, भदौ ११ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालका १२ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना प्रादेशिक पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ३ जना सफाई कर्मचारी र १२ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सूचना अधिकारी श्रेष्ठले पहिलो पटक साउन १ गते १ जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएकोमा अहिलेसम्म संक्रमित कर्मचारी र स्वास्थ्यकर्मीको संख्या १२ पुगेको बताएका हुन ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी श्रेष्ठले संक्रमण पुष्टि भएका दुई जनाले कोरोना जितेका छन्,’ उनले भने, ‘बाँकी १० जनाको उपचार भईरहेको छ।’ संक्रमित १२ जना मध्ये ११ जना महिला र एक जना पुरुष रहेका छन ।


