पोखरा, भदौ ११ (ई-रैवार)
पोखरामा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। पोखरा ११ कि ३२ बर्षीया महिलाको पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज बिहान मृत्यु भएको अस्पतालका निर्देशक सह प्रा.डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।
यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ ।



