धनगढी, साउन २७ (ई-रैवार)
सुदूरपश्चिममा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १० जनामा संक्रमण पुष्टि भएको हो ।
सूचना अधिकारी श्रेष्ठकाअनुसार दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ३ पुरुष, दार्चुलाकै मार्मा गाउँपालिकाका २ पुरुष, कञ्चनपुरको बेलौरी नगरपालिकाका २ पुरुष, कञ्चनपुरकै बेल्डाडी गाउँपालिका –२ का एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र वडा नम्बर ३ का एक÷एक पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको सूचना अधिकारी श्रेष्ठले बताए । यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ४ हजार ९ सय ५१ पुगेको छ ।
सबैभन्दा बढि कैलालीमा २ हजार २ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । डोटीका ७ सय ९२, अछाममा ७ सय ३०, बाजुराका ६ सय २२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कञ्चनपुरका ५ सय ७८, डडेल्धुराका ३ सय १२ जना, बैतडीका २ सय ९८, बझाङका २ सय ९५ र दार्चुलाका ४४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेशमा ४ हजार बढि संक्रमित निको भएर घर फर्किसकेका छन् भने १० जनाको मृत्यु भएको छ ।


