शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित

शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित
Spread the love

 

कञ्चनपुर, साउन २५ (ई-रैवार)

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कर्मचारी आन्दोलित भएका छन । शुक्लाफाँटा नगरपालिका कार्यालयको सभाहलमा भारतबाट आएका नागरिकलाई राखेपछि कर्मचारीहरु आन्दोलित भएका हुन् ।

कोरोना भाइरसको संक्रमण जोखिम कायमै रहेको अवस्थामा नगरपालिकाको सभाहलमा भारतबाट आएका ११ जना नागरिकलाई राखेपछि जोखिम बढेको भन्दै आइतबार कर्मचारीहरु आन्दोलित भएका हुन् ।

कर्मचारीहरुले असुरक्षा बढेको भन्दै सेवा दिन नमानेपछि सेवाग्राही मर्कामा परेका छन् । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशनसिंह थापाले नगरको सभाहलमा भारतबाट आएकाहरुलाई चेकजाँच बिना राखेकोले सेवाग्राही तथा कर्मचारी असुरक्षित भएको बताएका छन ।

नगरपालिकाका प्रवक्ता जगत बहादुर सिंहले शनिवार राती साढे १२ बजे नगरभित्रका नागरिकहरु बजारमा पुगेपछि आपतकालीन अवस्थामा भारतबाट आएका नागरिकलाई नगरपालिकाको सभाहलमा राखिएको बताए । आज सबैको चेकजाँच गरि उचित व्यवस्थापन गरिने प्रवक्ता सिंहले बताए ।