धनगढी, साउन १३ (ई-रैवार)
देशभर सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले देशभर सामान्य देखि पूर्ण बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको हो ।
आज दिउँसो देशभर अधिकांश बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित भारी वर्षाको हुने सम्भावना रहेको छ। राति सुदूरपश्चिमका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले विभिन्न नदिमा बाढी आउन सक्ने भन्दै मोवाइलमा म्यासेज पठाएर सतर्कता अपनाउन समेत आग्रह गरेको छ। हाल कैलालीको टिकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा भारी बर्षा भएको,थप बर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदीमा बाढी आउन सक्छ । बिहान १० बजे सम्म सतर्क रहौं।’ जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।


