धनगढी, साउन १३ (ई-रैवार)
भारतमा बस्दै आएका एक पुरुषको संक्रमणका कारण मृत्यु भएको छ । सुदूरपश्चिम घर भई हाल भारत बस्दै आएका एक पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।
बझाङ जिल्लाको दुर्गाथली गाउँपालिका वडा नम्बर २ घर भई हाल भारतको बेङलोरमा बस्दै आएका झण्डै ५० बर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको परिवारका सदस्यहरुले बताएका छन ।
मृतकका आफन्तले दिएको जानकारी अनुसार उनी मृगौलाका समेत बिरामी थिए भने केही दिन अघि मात्रै कोरोनाको संक्रमण रहेको पुष्टि भएको थियो । मृतकका दुई छोरा र दुई छोरी छन् । उनी परिवारसहित भारतमा बस्दै आएका थिए ।


