पहिरोमा घाईते आमाछोरीलाई उपचारकोलागि कोहलपुर लगियो

पहिरोमा घाईते आमाछोरीलाई उपचारकोलागि कोहलपुर लगियो
Spread the love

 

दार्चुला, साउन ७  (ई-रैवार)

दार्चुलामा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर लगिएको छ। मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा पहिरोले पुरिएर घाईते भएका आमा छोरीलाई उपचारको लागि कोहलपुर नेपालगञ्ज लगिएको हो ।

मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिएर घाईते भएका ३५ वर्षीया लक्ष्मी दमाई र १२ वर्षीया छोरी सोनिया दमाईलाई थप उपचारको लागि कोहलपुर लगिएको मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले वताएका छन । उनका छोरा शुवमको अवस्था भने सामान्य रहेको जनाइएको छ।

घर भित्र रहेका लक्ष्मीका २ जना भाइको भने मृत्यु भइसकेको छ। जिल्ला प्रशासन कार्यालय दार्चुला, मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामी, प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्ना, प्रदेश सभा सदस्य गेल्बुसिह बोहरा, मानबहादुर धामी लगायतको समन्वयमा घाईतेलाई उपचारको लागि कोहलपुर पठाइएको हो।

घाइतेको उपचारको लागि गाउँपालिकाले तत्काललाई ३० हजार रुपैयाँ खर्च उपलब्ध गराइएको वडा अध्यक्ष प्रेम पन्तले बताए। घाइतेको उपचारको लागि नेपाली सेनाको एन ए ०५५ नम्बरको हेलिकोप्टरमार्फत उपचारको लागि कोहलपुर लगिएको हो ।