पहिरोमा पुरीएर एक जनाको मृत्यु

पहिरोमा पुरीएर एक जनाको मृत्यु
Spread the love

 

बाजुरा, असार ३० (ई-रैवार)

पहिरोमा पुरीएर एक जनाको मृत्यु भएको छ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिका वडा न ३ मा पहिरोमा पुरीएर एक जनाको मृत्यु भएको हो ।
बाजुराको बुढिनन्दा नगरपालिका वडा न ३ मेलढुस्काका ७२ बर्षिया शिब बोहोराको पहिरोमा पुरीएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी दान बहादुर रोकायाले बताएका छन ।

दिउसो गाइ गोरु चराउन गएका बेला मेलढुस्का काप्कोट सडकको बिचमा गोरु चराउन गएका बेला पहिरोमा परि मृत्यु भएको प्रहरी निरीक्षक रोकायाले बताएका छन । थप अनुसन्धानका लागि प्रहरीको टोली घटना स्थलमा पुगीसकेको प्रहरीले जनाएको छ ।