धनगढी, २९ असार (ई-रैवार)
स्थानीय बिपद ब्यबस्थापन समितिको बैठक सोमबार सम्पन्न भएको छ । धनगढी उप–महानगरपालिकामा स्थानीय बिपद ब्यबस्थापन समितिको बैठकले विगतकमा भए गरेका कामको समिक्षा सहति सोमबार सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाईटी कैलालीले कोभिड महामारीको समयमा गरेका मुख्य क्रियाकलापको समिक्षा गरिएको थियो । त्यसैगरी धनगढी उप–महानगरपालिकाले तयार गरेको बिपद प्रतिकार्य योजनाका बारेमा पनि छलफल भएको थियो ।
मनसुन सक्रिय हुन थालेकाले मनसुन प्रतिकार्य योजना एक साताभित्रै बनाएर काम थाल्न नगर कार्यपालिका सदस्य प्रेम सिं बिकको संयोजकत्वमा टाक्स टिम बनाएको नगरप्रमुख निर्पबहादुर वडले बताए । उनले भने, सबै वडामा बिपदमा खटिने च्याम्पीयनहरुलाई तयारी अवस्थामा राख्न तथा वडा वडा स्तरीय बिपद ब्यबस्थापन समितिको बैठक तत्काल राख्न बैठकले निर्देशित गरेको छ ।
सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी कैलाली शाखाले धनगढी उप–महानगरपालिकालाई डस्टविन र मास्क पनि उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाईटी कैलाली शाखा सभापती उत्तम जोशीले डस्टविन र मास्क हस्तान्तरण गरेका हुन । सभापती जोशीले रेडक्रस कैलाली उप–महानगरपालिका संग हातेमालो गरेर अगाडी बढीरहेको बताए ।


