धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि

धनगढीमा गरिएको परीक्षणमा सुदूरपश्चिमका ३५ जनामा कोरोना पुष्टि
Spread the love

धनगढी असार १२(ई-रैवार)
धनगढीमा गरिएको परीक्षणका क्रममा सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी ७, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ।
योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार सात सय दुई पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय १८ जनामा कोरोना पुष्टि भएको छ।