धनगढी उप–महानगरपालिकाले २८ वेडको आईसोलेशन संचालनमा ल्यायो

धनगढी उप–महानगरपालिकाले २८ वेडको आईसोलेशन संचालनमा ल्यायो
Spread the love

धनगढी असार ११(ई-रैवार)

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि  धनगढी उपमहानगरपालिकाले आफ्नै आईसोलेशन निर्माण गरि संचालनमा ल्याएको छ । कोरोना संक्रमितको उपचारका लागि धनगढी उप–महानगरपालिकाले बुधवार देखि २८ वेडको आईसोलेशन संचालनमा ल्याएको छ ।

उप–महानगरपालिका वडा नं १५ जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरेको आईसोलेशनमा संक्रमित बिरामीहरु राख्न सुरु भैसकेको  छ ।

‘संक्रमितहरुलाई आईसोलेशनमा राखेर उपचार गर्न शुरु गरेका  छौं’ नगरप्रमुख नृप बहादुर वडले भने– ‘आवश्यकता अनुसार बेड र अन्य सुबिधा थप गर्दै जानेछौं  ।’ अहिले संचालनमा ल्याएको आईसोलेशनमा १ सय ५० वेड सम्म बनाउन सकिने नगरप्रमुख वडले बताए ।

प्रदेशको कोरोना अस्पताल  सेती प्रादेशीक अस्पतालमा ६५ वटा मात्रै आईसोलेशन वेड रहेका छन् ।‘प्रदेशभरीका संक्रमितहरुको उपचार गर्नुपर्ने भएकाले त्यहाँ बिरामीले ठाउँ पाएका छैनन्’ नगरप्रमुख वडले भने– ‘त्यसैले पनि धनगढीलाई आईसोलेशन निर्माणको आवश्यकता भयो र दुर्त गतिमा निर्माण गरेर संचालनमा ल्यायौं ।’

नगर प्रमुख वडका अनुसार धनगढी उप–महानगरपालिकाले महिलाका लागि धनगढीमा रहेको बि.पोलिटेकमा १० वेडको ओइसोलेशन बनाउने तयारी गरिरहेको छ ।