एकैदिन डोटीमा ६१ जनामा कोरोना पुष्टि २०७७ असार ६, शनिबार १७:०५ Spread the love डोटी असार ६(ई-रैवार) डोटीमा शनिवार थप ६१ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणका क्रममा डोटीका नौँ महिला र ५२ पुरुष गरी ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि डोटीका ६१ जनामा कोरोना पुष्टि भएको थियो । योे संगै डोटीमा कोरोना संक्रमितको कुल संख्या एक सय २२ पुगेको छ । डोटी लगायत सुदूरपश्चिमका शनिवार ९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।