डोटी चैत्र २५(ई-रैवार)
नोवेल कोरोनाभाईरस(कोभिड–१९)को संक्रमणको आशंकामा डोटीका दुईजनाको ‘थ्रोट स्वाब’ परिक्षणका लागि धनगढी पठाईएको छ । दिपायल सिलगढी नगरपालिकाका १८ वर्ष र २० वर्षको उमेरका दुईजनाको स्वाब मंगलबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पठाईएको जिल्ला अस्पताल डोटीले जनाएको छ ।

दुबैजना युवाहरु भारतबाट आएको अस्पताल स्रोतले जनाएको छ । उनीहरु दुबैजना नेपाल आएको १८ दिन भएको जानकारी प्राप्त भएको अस्पतालका नायब सुब्बा लोकेन्द्र बिष्टले जानकारी दिए । उनका अनुसार १८ वर्षिय युवा भारतको राजस्थान र २० वर्षिय युवा भारतको वैंङ्गलोरबाट आएका हुन् ।
उनीहरुमा कोरोनाको प्रारम्भिक लक्षण देखिएपछि स्वाँब पठाईएको अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. ज्योती पाण्डेले जानकारी दिइन् । ‘रुघाखोकीको लक्षण पाईएको छ । तर समस्या खास्सै जटिल छैन्,’ उनले भनिन्,‘दुबै जनालाई अहिले आईसोलेसनमा राखेका छौ ।’
डोटीबाट यसअघि तीनजनाको स्वाब परिक्षणका लागि पठाईएको थियो । तीनैजनाको नतिजा ‘नेगेटिभ’ आएको थियो ।


