डेढलाख घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

डेढलाख घुससहित सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ
Spread the love

धनगढी पुस २१(ई-रैवार)
यहाँका एक साुमदायिक वनका अध्यक्ष र कोषाध्यक्ष एक लाख ६० हजार घुससहित अख्तियारले पक्राउ गरेको छ । धनगढी उप–महानगरपालिका–१२ को सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंहलाई अख्तियारले एक लाख ६० हजार घुस सहित पक्राउ गरिएको हो।
उक्त सामुदायिक वन अन्तर्गत पर्ने कानिखोला पुल नजिकबाट सेवाग्राहीसँग माटो झिकेको बिषयमा जेसिभी र ट्याक्टरलाई नियन्त्रणमा लिई सरकारी नियम बिपरीत आफूखुशी जेसिभी र ट्याक्टर छोड्नका लागि सेवाग्राहीबाट घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपवहादुर विष्टले बताए।