राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने

राष्ट्र बैंकको नाफा साढे ८३ अर्ब, सरकारलाई ४२ अर्ब लाभांश दिने
Spread the love

काठमाडौं मंसिर। नेपाल राष्ट्र बैंकले सरकारलाई ४२ अर्ब रुपैयाँ नाफा (आय वितरण) दिने भएको छ । आर्थिक वर्ष २०८२र८३ को नाफाबाट लाभांश स्वरुप राष्ट्र बैंकले ४२ अर्ब रुपैयाँ सरकारलाई दिने भएको हो ।

उल्लिखित रकम राष्ट्र बैंकको नाफाबाट कानुनअनुसार विभिन्न कोषमा कट्टी गरेपछि बचेको रकम लामांश नै हो । तर राष्ट्र बैंक गैर नाफामुलक संस्थान भएकाले उसले खुद नाफालाई खुद आय र लाभांशलाई आयको वितरण भनिँदै आएको छ ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकले ८३ अर्ब ५६ करोड ९४ लाख ७६ हजार खुद आय (नाफा) आर्जन गरेको छ । गत वर्षको तुलनामा यो ३.८४ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०८१/८२ मा यस्तो आय ८० अर्ब ४८ करोड २६ लाख ५० हजार रहेको थियो । यस्तै, गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ८.६३ प्रतिशतले बढेर ९४ अर्ब ५६ करोड ४९ लाख ७४ हजार पुगेको छ । तर, सो अवधिमा विदेशी विनिमय खरिद बिक्रीबाट हुने आम्दानी २ अर्ब १३ करोड ८८ लाख ४० हजार ऋणात्मक रहेको छ ।

अन्य आम्दानी भने बढेर १ अर्ब ४९ करोड ५८ लाख ९३ हजार कायम भएको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।