सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Spread the love

काठमाडौं चैत।सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ बढेको छ।तोलामा एक सय रुपैयाँ बढेर सुनको मूल्य सोमबार ३ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार हप्ताको पहिलो दिन आइतबार सुन तोलाको ३ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य भने सोमबार तोलामा ५ रुपैयाँ घटेको छ। आज चाँदी तोलाको ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।