सुनको भाउ तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो

सुनको भाउ तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Spread the love

काठमाडौं असोज । दशैं बिदापछि खुलेको बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ । एकैदिन तोलामा ७ हजार ६०० रुपैयाँले बढेर प्रतितोलाको मूल्य यति धेरै महंगो भएको हो ।यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ रहेको थियो । यो अहिलेसम्मकै सबैभन्दा उच्चतम मूल्यवृद्धि भएको महासंघले जनाएको छ ।यसैगरी आइतबार २ हजार ८१० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २ हजार ९३० रुपैयाँ पुगेको छ । पछिल्लो कारोवारभन्दा चाँदी आज १२० रुपैयाँले वृद्धि भएको हो ।