वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब राजस्व संकलन

वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब राजस्व संकलन
Spread the love

काठमाडौं असोज वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९ अर्ब १५ करोड ५५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई ४३ अर्ब तीन करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा भने लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व संकलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले भदौ महिनामा विषम परिस्थितिमा पनि राजस्व संकलन उत्साहजनक भएको जानकारी दिनुभयो । वीरगञ्ज भन्सार कार्यालयले भदौ १२ गते एकै दिनमा दुई अर्ब ३७ करोड राजस्व संकलन गरेको छ ।