भैरहवा,जेठ। जता छोयो उतै तातो । भुइँ, लत्ताकपडा, हावा, पानी केही चिसो छैन । सर्वसाधारण जतिखेरै पसिनाले लुछुप्पै हुन्छन् । गर्मीले कहाँ ढलाउँछ, पत्तो हुँदैन । गर्मीले दैनिकी असहज बनेको छ । कामकाजी खुम्चिएका छन् । बजारमा किनमेल ठप्प छ । सडक सुनसान छन् । खाना पकाउन, घरबाहिरका कामकाज गर्न, बालबालिकालाई विद्यालय आउजाउ गर्न मुस्किल भइरहेको छ ।तराईमा हरेक दिन बढिरहेको तापक्रमले जनजीवन कष्टकर बनेको हो । तराईका सीमावर्ती क्षेत्रदेखि चुरेसम्म गर्मीको मार छ । यो आपत्मा दैनिकी चलाउन घरबाहिर ओहोरदोहोर गर्ने सबैभन्दा बढी मारमा छन् ।
गर्मीले दैनिक जनजीवन कष्टकर


