कांग्रेस कार्यसम्पादन समितिको बैठक भोलि, पदाधिकारी बैठकमा के भयो छलफल ?

Spread the love

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठक भोली बस्ने भएको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित हुने नेताहरुले बताएका छन्।

बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी दिएका हुन ।

पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठकबाट म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय लिने समेत प्रवक्ता महतले जानकारी दिए । बिहीबार पार्टी कार्यालय सानेपामा कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दैछ ।

कार्यसम्पादन समितिको बैठकमा कोभिड–१९ को महामारीका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने विषयमा पनि छलफल हुने उनले बताए ।

‘स्थानीय निर्वाचनमा हामी कसरी सशक्त रुपमा प्रस्तुत हुने ? कसरी पार्टीलाई परिचालन गर्ने ? र १६ जिल्लाको अधिवेशन जुन स्थगित भएको छ । त्यसलाई कसरी अघि बढाउने ? र, सँगसँगै भातृ–शुभेच्छुक संस्थाहरुलाई कसरी गति दिने, पूर्णता दिने भन्ने विषयमा हिजो पदाधिकारी साथीहरुले छलफल गरेका थियौ, त्यो सभापतिज्यूलाई ब्रिफ ग¥यौं । उहाँका कुराहरु पनि सुन्यौं । र, भोलि कार्य सम्पादन समितिमा आउने सुझाव र सल्लाहलाई लिएर निर्णयमा पुगौं भन्ने कुरा भयो’ प्रवक्ता महतले भने ।