जलविद्युत आयोजनाको परीक्षण गर्दा दुर्घटना : दुई इन्जिनियरको मृत्यु, एक घाइते

Spread the love

काठमाडौं : जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट भएर दुई जना इन्जिनियरको मृत्यु भएको छ। सोलुखुम्बुमा निर्माणाधीन जलविद्युत आयोजना परीक्षणका क्रममा पाइप बिस्फोट भएर ईन्जिनियर अर्जुन थापा र सुवासराज रेग्मीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर ऋषिराज ढकालले थुलुङ दुधकोशी गाउँपालिका–३ मा निर्माणधिन हाइड्रोपावरमा कार्यरत ईन्जिनियर २६ वर्षीय अर्जुन थापा र कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय सुवासराज रेग्मीको मृत्यु भएको बताएका हुन । उनका अनुसार रेग्मी अछाम र थापा काभ्रेका हुन्।

अछाम घर भएका सुवासराज रेग्मी माच्छापुच्छ्रे मेटल एण्ड मेकानिकल कम्पनीबाट त्यहाँ खटिएका थिए । काभ्रेको धुलिखेल घर भएका अर्जुन थापा सो कम्पनीको कन्सल्ट्यान्ट इन्जिनियर हुन् ।

सोलु दुधकोसी हाईड्रोपावर ८६ मेगावाट क्षमताको बनिरहेको छ । पावर परीक्षण गर्न पाइपमा हालेको पानीको फोहोराले उछिट्याउँदा उनीहरुको मृत्यु भएको हो । दुबैको शव पोस्टमार्टमका लागि सोमबार बिहान हेलिकप्टरबाट त्रिवि शिक्षण अस्पताल पठाइएको ढकालले बताए।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन घाइते छन्। उनलाई आइतबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। उनको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको इन्स्पेक्टर ढकालले बताए।