काठमाडौँ, साउन २४ (ई-रैवार)
भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ७० जनामा संक्रमण भएको हो ।
पछिल्लो वृद्धिसँगै भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ३ करोड १९ लाख ३३ हजार ५५३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १३ हजार ५६४ जना संक्रिय संक्रमित छन् ।
यस्तै भारतमा एकैदिन ४९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ८९२ पुगेको छ ।


