कक्षा १२ को परीक्षा स्थगित भएको छैन, तोकिएकै मितिमा हुन्छ : परीक्षा बोर्ड

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, तोकिएकै मितिमा हुन्छ : परीक्षा बोर्ड
Spread the love

काठमाडौँ, साउन २० (ई-रैवार) 

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताएका हुन । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष पौडेलले कक्षा १२ को परीक्षाका बारेमा बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार भएको समेत बताएका छन् ।

साउन ३१ गते देखि जनस्वास्थ्यका मापदण्ड पालना गरि परीक्षा सम्पन्न हुने भएकोले सवै विद्यार्थीलाई बाहिरी हल्लाको पछि नलागी परीक्षाको तयारी गर्न समेत अध्यक्ष पौडेलले आग्रह गरे । परीक्षाको तयारी भइरहेको र परीक्षा कुनै कारण देखाएर नरोकिने समेत उनले स्पष्ट पारेका छन् ।
गत जेठ महिनामा हुनु पर्ने १२ कक्षाको परीक्षा कोरोना संक्रमणको कारण हुँन सकेको छैन।