काठमाडौँ, साउन २६ (ई-रैवार)
नेपालमा आज थप ४९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २१७ नमूना पिसिआर परीक्षण गर्दा ३ हजार १९४ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ५ हजार ९०६ मा परीक्षण गर्दा १७१० मा संक्रमण देखिएको हो ।
यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख २० हजार नाघेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१ हजार १९८ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २११५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ६ लाख ७३ हजार १९८ जना निको भएका छन् । हालसम्म कोरोना निको हुने दर ९३।४ प्रतिशत रहेको छ ।
कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । अहिले सम्म नेपालमा कोरोना संक्रमणका कारण १० हजार १५० जनाको मृत्यु भएको छ ।


