धनगढी, साउन ११ (ई–रैवार)
कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मलाई निरन्तरता दिदै निषेधाज्ञा फेरि लम्बाइएको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी बिज्ञप्तीमा निषेधाज्ञा थप गरेर पूर्व निर्धारित परीक्षा संचालन गर्दा एक कोठामा २५ जनालाई मात्र राख्न पाउने, गोष्ठी, तालिम, सेमिनार, बैठक संचालन गर्दा बढीमा २५ जना मात्रैराख्न पाउने उल्लेख छ।
यस्तै व्यापार व्यवसाय र सार्वजनिक सवारी साधन भने यथावत रुपमा संचालन हुनेछन्।



