प्रधानमन्त्री ओलीले २ बजे देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले २ बजे देशवासीका नाममा सम्बोधन गर्ने
k|wfgdGqL cf]nL–;Daf]wg sf7df8f}F, ! j}zfv M k|wfgdGqL s]kL zdf{ cf]nL a'waf/ gofF jif{ @)&* sf cj;/df /fi6«sf gfddf ;Daf]wg ug{'x'Fb} . k|wfgdGqL cf]nLn] l;+xb/l:yt k|wfgdGqL sfof{noaf6 b]z tyf ljb]zdf /xg'ePsf ;Dk"0f{ g]kfnLx?sf] ;'v, zflGt / ;d[l4sf] sfd ug{'eof] . t:jL/ M /f]zg ;fksf]6÷/f;;
Spread the love

काठमाडौं, असार २९ (ई–रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले २ बजे बालुवाटारबाटै देशवासीका नाममा सम्बोधन गर्न लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको हो ।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।

ओलीले सम्बोधन अघि स्थायी कमिटी बैठक पनि बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाकिएको छ।

प्रधानमन्त्री ओलीले आज नै बालुवाटार छोड्ने भएका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग लामो छलफल गरेर फर्केसंगै प्रधानमन्त्री ओलीले बालुवाटार छोड्ने तयारी गरेका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्युताउंने निर्णय गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसंगै ओलीले बालुवाटार छोड्न लागेका हुन । बालुवाटार स्रोतले दिएको जानकारी अनुसार आज बालकोट सर्नेगरी अहिले सामान प्याकिङ्ग गर्ने काम भइरहेको छ ।

सर्वोच्च अदालतको फैसलाअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई आजै शपथ ग्रहण गराउने तयारी छ ।